पाेखरा – वर्षेनी आयोजना हुदै हुँदै पोखरा सडक महोत्सवले यस वर्ष पनि हुने भएको छ ।
रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराले अंग्रेजी नयाँ वर्ष २०२१ मा ३ दिनका लागि आयोजना गरेको हो । अन्य बर्षहरुमा भने यस्ता खालका महोत्सव ५ दिन आयोनजा हुदै आएको थियो ।
पोखराको पर्यटनमा ब्रान्ड नै बनिसकेको सडक महोत्सव पुस १५, १६ र १७ गतेको लागि आयोजना गरिएको रेबान पोखरा अध्यक्ष लक्ष्मण बराल बताए ।
‘रेबानले प्रशासनबाट पनि अनुमति लिएर स्वास्थ्य सतर्कतासहित तामझामबिना महोत्सवलाई मनाउन लागेको हो ।
कोरोना महामारीबीच पर्यटन गतिविधिलाई चलायमान बनाउन सडक महोत्सवले विशेष भूमिका खेल्ने रेबानको आशा रहेको छ ।




















