गोरखा – गोरखाको बारपाकमा बुद्व पार्क निर्माण सम्पन्न भएको छ ।
बारपाक सुलिकोट गाउँपालिका १ बारपाकको ताक्लेनान्मा भन्ने स्थानमा बुद्व पार्क निर्माण सम्पन्न भएको हो ।
गाउँपालिका र वडा कार्यालयको बजेटमा निर्माण सम्पन्न भएको पार्कमा बुद्वको ५ फिट अग्लो मुर्ती राखिएको गाउँपालिकाले जनाएको छ । ‘यो पार्क निर्माणमा गाउँपालिकाको तर्फबाट ४० लाख र वडा कार्यालय मार्फत ५ लाख रुपैयाँ खर्च भएको’ पालिकाका अध्यक्ष बिण्णु भट्टले बताए । ‘पार्क निर्माण संगै अब बारपाक आउने जो कोहीलाई पनि समय बिताउन सहज हुने’ उनले भने ।
पालिका र वडाको गरी कुल ४५ लाख रुपैयाँको लागतमा पार्क निर्माण सम्पन्न भएको छ । पार्कबाट पुरै बारपाक गाउँको दृष्याबलोक गर्न सकिने समेत वडा कार्यालयले जनाएको छ । पार्क भित्र मानिहरु समेत निर्माण गरिएको छ ।
पार्क निर्माणकै लागि बारपाकका स्थानीयबासीहरुले समेत श्रमदान गरेको थिए । बौद्ध धर्मालम्बीहरुको बाहुल्यता रहेको बारपाक निर्माण गरिएको बौद्ध पार्कले बारपाक बासीलाई सम्मान गरेको पालिकाले ठहर गरेको छ । आर्कषक ढुङगाहरुको प्रयोग गरिएकोले पार्कले बारपाकको शोभा झनै बढाको स्थानियले बताए ।
फोटो श्रोत : बारपाक गाउँपालिकाको कार्यालय




















