धरान – पब्लिक स्पिकर मानिएका रमेश प्रसाई र सामाजिक कार्यमा सक्रिय नन्दा सिंह बिवाह बन्धनमा बाँधिएका छन्।
फरक क्षमताका प्रसाईं र सिंह बिच आज (सोमबार) धरानमा बिवाह सम्पन्न भएको हो ।
स्थायी घर नै धरान भएका प्रसाईंले परम्परागत बिवाह गरेको उनका आफन्तले जनाएका छन् ।
बिगत ३ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु दुवै जना दृष्टिविहीन हुन् । अध्ययन र प्रष्टवक्ता भएका कारण प्रसाईं सामाजिक सञ्जालमा लोकप्रिय छन् ।
पछिल्लो समय इन्द्रेणी टेलिभिजनमा गायिका कल्पना दाहालसँग दोहोरी गाएपछि उनको चर्चा विश्वभर चुलिएको छ । सिंहले भने काठमाण्डौँमा बालआश्रम चलाउदै आएकी छिन् ।
तस्विर ः अशोक अधिकारीको फेसबुकबाट




















