गोरखा – गोरखामा पछिल्लो समय कृषि पेशा अंगाल्ने युवाहरु बढन थालेका छन् । पैसा खर्चेर बिदेश जादाँ पनि राम्रो आम्दानी नहुने वा भएता पनि परिवार टाढीन सक्ने भन्दै युवाहरुले जिल्ला भित्रै कृषि पेशा अपनाउन थालेका छन् ।
त्यसैको पछिल्लो उदाहरण हो बारपाक सुलिकोट गाउँपालिका ६ को ताकुकोटमा युवाहरुले गरेको माछा पालन ब्यवसाय । स्थानिय युवा टंक सारु र राजेन्द्र श्रेष्ठले अहिले बिकट मानिएको ताकुकोटमा माछापालन गरेर अन्य युवाहरुलाई पनि कृषि पेशामा आउन झकझकाएको छ ।
१० बर्ष भन्दा पनि बढी समय राजधानी बसेर गाउँ फर्किएका ति युवाहरुले ५० रोपनी क्षेत्रफलमा १८ वटा पोखरी निर्माण गरेर माछापालन ब्यवसाय गर्दै आएका छन् । गएको डेढ बर्ष देखी उनीहरुले उत्त स्थानमा माछापालन गरेको संञ्चालक मध्ये एक राजेन्द्र श्रेष्ठले बताए ।
राजधानी बसेर पनि खासै उभो लागिएन । गाउँ फर्किएर अन्य पेशा भन्दा कृषि पेशा राम्रो हो भन्ने लाग्यो’ श्रेष्ठले बताए । ‘गाउँमा साथी खोजे र कृषिमा पनि माछा पालन उपयुत्त हुन्छ भन्ने लागेर गरयौ’ उनले भने ।
अनुभव कम भएका दुवै युवाले पोखरीको क्षमता भन्दा पनि बढी माछा राखेका कारण राम्रो संग हुर्कन नसकेको उनीहरुको अनुभव छ । ६५ हजार भूरा माछा हालेको उनीहरुले पहिलो चरणमा १ लाख २० हजार सम्म आम्दानी लिन सफल भएका थिए ।
बजार अभाव नभएको र स्थानिय स्तरमा नै माछा बिक्री गर्ने गरेको समेत उनीहरुले अनुभवन सुनाए । गाउँलेहरु माछा पोखरीमा नै माछा लिन आउने गरेको र प्रति किलो ५०० मा बिक्री गर्ने गरेकोले समस्या नभएको उनीहरु बताउछन् ।
खोला र चारै तिर बनक्षेत्र भएका कारण दुवै युवाले बाख्रा र पाडा पालनको तयारी गरिरहेका छन् । उनीहरुलाई यो कामका लागि प्रदेश सरकार मार्फत ६ लाख अनुदान समेत प्राप्त भएको छ ।
ति युवाहरुले सुलिकोट एग्रो फर्मको नाममा फर्म दर्ता गरी काम गरिहेका छन् । यो कामका लागि उनीहरुले करिव १७ लाख लगानी भएको जानकारी दिए ।
आगामी दिनमा पोखरीको माछा गोरखा सदरमुकामका साथै घ्याम्पेशाल, देउराली, पाल्खु र बारपाकमा बिक्री गर्ने योजना समेत बनाएका छन् ।
उत्त क्षेत्र भौगोलिक रुपमा पनि माछापालनका लागि उपयुक्त भएकाले माछापालन व्यवसायमा युवाहरु आकर्षित बन्दै गएको बारपाक सुलिकोट गाउँपालिकाका कृषि प्राविधिक तारायणी घिमिरेले बताए ।





