काठमाण्डौं – अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले विश्वका १०० प्रभावकारी तथा प्रेरणादायी महिलाको सूचीमा नेपालकी सपना रोका मगरको नाम समावेश गरेको छ ।
जीवन कठिन परिस्थिति र अशान्तमय बनेको अवस्थामा पनि अरु भन्दा फरक गरेर समाजमा परिवर्तन ल्याउने महिलाको सुचिमा रोका मगर परेकी हुन ।
सपनाले ज्यान गएर दाबी नगरिएको शव काठमाडौंको पशुपति आर्यघाटमा व्यवस्थापन गर्ने काम गर्दै आएकी छिन् ।
सपना आवद्ध संस्थाले सनाखत हुन नसकेको बेवारिसे शवलाई अस्पताल पुर्याएर पोष्टमार्टम समेत गराउँदै आएको छ । सोही कारण उनलाई बीबीसीले प्रेरणादायी महिलाको सूचिमा राखेको हो ।
उनी र उनको संस्थाले ३५ दिनसम्म कुनै व्यक्तिले उक्त शवमाथि दाबी नगरेको अवस्थामा धार्मिक परम्परा अनुसार शदगद् गर्दै आएको बीबीसीले जनाएको छ । बीबीसीले वार्षिक रुपमा विश्व भरीका त्यस्ता १०० महिलाको सूची सार्वजनिक गर्दै आएको छ ।


