×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

संरक्षणको पर्खाइमा गोरखाको ‘लिगलिगकोट’ (फाेटाे फिचर)

  •  गोरखा समाचार
  • शुक्रबार, मङि्सर ०५, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – जतिबेला नेपाल बाइसे–चौबिसे राज्यमा विभाजित थियो । ती मध्ये एउटा यस्तो राज्य थियो, जहाँ राजा बन्नका लागि दौड जित्नु पर्थो । दशैको टिकाको दिन चेपे र मस्र्याङ्दी किनारबाट जो दौडिएर पहिला लिगलिगकोटमा आइपुग्यो त्यो १ वर्षका लागि राजा हुन्थ्यो ।

    लिगलिगकाेट जाने मुल गेट

    बिक्रम सम्वत १६१५ मा लम्जुङका राजा यशोब्रम्ह शाहका कान्छा छोरा द्रव्य शाह त्यहाँको राजा घोषित भए । त्यसपछि दौडिएर राजा हुने परम्पराको अन्त्य भई नेपाल राज्यको एकिकरणको शुभारम्भ भएको इतिहास छ ।

    वर्षेनी राजा परिर्वतन हुँदा अस्थिर रहेको लिगलिगकोटमा द्रव्य शाहले राज्य सम्हालेपछि आसपासका भुरे टाकुरे राज्यहरुमा हमला गर्दै कालान्तरमा गोरखा राज्यको स्थापना भएको इतिहासविद्धहरु बताउँछन् ।

    लिगलिग कालिका मन्दिर

    त्यसपछि नरभुपाल र कौशल्यावती शाहका छोरा पृथ्वीनारायण शाहले वर्तमान नेपालको एकिकरणलाई अघि बढाएको र उनका सन्ततीहरुले पूर्णता दिएको इतिहासविद्हरु बताउँछन् । तर आधुनिक नेपालको उद्गम थलो लिगलिगकोट इतिहासको पानामा मात्र सिमित भएको छ ।

    हालको पालुङ्टार नगरपालिका वडा नम्बर २ मा अवस्थित करिब ५०० वर्ष पहिले निर्माण भएको दरबारको भग्नावशेष संरक्षणको पर्खाइमा छ । ऐतिहासिक ठाउँहरु यसको संरक्षणमा स्थानीयहरु एक जुट भएता पनि पैसा अभाव भए पछि केही गर्न सकेनन । न त सरकारकै प्रार्थमिकतामा परयो यो ठाउँ ।

    ५०० बर्ष पुरानाे लिगलिग दरर्बार भग्नावशेष अवस्थामा

    द्रब्य शाह राजमार्गको ठाँटी पोखरी–आँपपिपल सडकखण्डमा पर्ने बिजुली डाँडाबाट करिब ५०० मिटर उकालो चढेपछि लिगलिगकोटको मुल गढीमा पुगिन्छ । त्यहाँ पर्खाल जस्तो देखिने करिब ५०० वर्ष पुरानो दरबार छ ।

    ५०० बर्ष पुरानाे लिगलिग दरबार भग्नावशेष अवस्थामा

    मुल गढी सहित ५ वटा गढीहरु अहिले पनि स्पष्ट देख्न सकिन्छ । ठुलो गढी, बैठक भवन, सुरक्षा हेर्न दुई वटा भवन, सुचना प्रवाह गढी लगायत लिगलिग कालिका मन्दिर, भुमेथान मन्दिर, भिमसेन मन्दिर, दर्खे देवी मन्दिर र चण्डी थान लगायतका संरचनाको भग्नावशेस सहजै देख्न सकिन्छ ।

    संरक्षणको अभावमा सबै संरचना लोप अबस्थामा पुगेका छन् । त्यसो त पुरातत्व विभाग र पर्यटन मन्त्रालयले कोट किल्ला मर्मतका लागि भन्दै विगतमा केही रकम छुट्याए पनि देखिने गरि काम भएको छैन् ।

    गण्डकी प्रदेश सरकारले लिगलिगकोटमा ऐतिहासिक संग्राहालय निर्माण गर्नको लागि आर्थिक वर्ष २०७५/०७६ मा १ करोड बजेट विनियोेजन गरेको भएता पनि जग्गा विवादका कारण उत्त रकम फिर्ता भएको र ०७६/०७७ का लागि द्रब्य शाह आधारभूत बिद्यालयको जग्गामा निर्माण हुने गरी पहिलो चरणका लागि १ करोड बजेट दिएको छ । तर संग्राहालय निर्माणको अझै पनि छनक आउन सकेको छैन ।

    भग्नाबशेष गढी

    नेपालकै ऐतिहासिक स्थल लिगलिगकोटको संरक्षणमा राज्यले खासै चासो नदिएको स्थानियको गुनासो छ । यता पालुङ्टार नगरपालिकाले भने लिगलिगकोटको संरक्षण आफ्नो प्राथमिकतामा रहेको दाबी गरेको छ ।

    लिगलिगकाेट घम्न आएका आन्तरिक पर्यटकहरु सेल्फी लिदै

    नगरपालिकाले यस वर्ष लिगलिगकोट बिकासका लागि विभिन्न शिर्षकमा गरी ६० लाख रुपैयाँ वजेट बिनियोजन गरेको नगरप्रमुख दिपकबावु कडेलले बताए । ‘लिगलिगकोट आफैमा एउटा भ्यू टावर भएका कारण त्यहाँबाट आखाँले देख्न नसकिने दृष्यको लागि दुर्रबिन राख्ने योजना रहेको’ मेयर कडेलले बताए । ‘संग्रालय र बिजुली डाडाँ देखी लिगलिग सम्म पुग्ने सिडी निर्माणमा समेत प्रदेश सरकारले रकम बिनियोजन गरिदिएको छ’ उनले भने ।

    मुल दरबार

    पर्यटक आकर्षिकत गर्नका लागि भन्दै सोही क्षेत्रमा गत वर्ष ६० मिटर अग्लो राष्ट्रिय झण्डा समेत राखिएको छ । साथै पछिल्लो समय सो क्षेत्रका विभिन्न स्थानमा पाहुना घरको समेत निर्माण भई सकेको नगरपालिकाले जनाएको छ ।

    लिगलिग दरबारबाट देखिने गाेरखाकाे हिमालचुली र बाैद हिमाल

    मेयर कडेलले नगरपालिकाले नेपालको ईतिहास अध्ययन गर्न चाहानले कुनै न कुनै बहानामा लिगलिग आउनु पर्ने भन्दै संग्रालय निर्माणमा जोड दिएको बताए । साथै नगरपालिकाले स्थानीय केही संघस्थाको सहयोगमा पर्यटक लक्षित गरी प्याराग्लाडिङ, ऐतिहासिक लिगलिग दौड, साईकिलीङ लगायतका कार्यक्रमहरु समेत आयोजना हुँदै आइरहेको छ ।

    तात्कालिन राजाहरुले प्रयाेग गर्ने गरेकाे ढिकीकाे तल्लाे भाग

    यता लिगलिग बिकास अभियानका अध्यक्ष पुर्णबहादुर आले मगरले यो बर्ष मुल दरर्बार निर्माणका लागि प्रदेश सरकार मार्फत ५० लाख रकम प्राप्त भएको बताए । उनले सो रकम दरर्बार निर्माणका लागि थोरै भए पनि सुरुवात भएको र पछिल्ला बर्षहरुमा थप रकम आउने समेत जानकारी दिए ।

    दरबारबाट देखिने लिगलिग कालिका मन्दिर

    अध्यक्ष मगरका अनुसार दरर्बारले चर्चेको कोटवर भएका सबै संरचना भग्नावशेष भएको र त्यहाँ रहेको बहुमुल्य बस्तु चोरी हुने तथा हराउन सक्ने भएकोले तत्कालै दरर्बारको सुरक्षा घेरा बार आवश्यक भएकोले पुरातत्व वा नेपाल सरकारका सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताए ।

    दरबारबाट देखिने गाेरखाकाे आँपपिपल अस्पताल

     

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, मङि्सर ०५, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.