काठमाण्डौँ – मंगलबार काठमाण्डौँ उपत्यकामा थप १४२० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
मंगलबार संक्रमित पुष्टि हुनेमा ६०३ जना महिला र ८१७ पुरुष रहेका छन् ।
संक्रमण देखिएका मध्ये काठमाण्डौंमा ११४१ जना, भक्तपुरमा ८६ जना र ललितपुरमा १९३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छ ।



