काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमितहुने हरुको संख्या नेपालमा २ लाखको हाराहारीमा पुगेको छ ।
मंगलबार थप २७३६ जनामा कोरोना संक्रमण पुष्टि भए संगै नेपालमा संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
देशका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ९६० नमुना स्वाब परीक्षणमा थप २७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
थप २२ जनाले ज्यान गुमाए
त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २२ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११४८ जना पुगेको छ ।



