काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप २५७१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
देशको विभिन्न प्रयोगशालामा भएको परिक्षणका क्रममा थप २५७१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
देशभरबाट संकलित मध्ये १११७७ जनाको स्वाबमा २५७१ जनालाई पोजेटिभ देखिए सँगै नेपालमा संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।
आज संक्रमण पुष्टी भएका मध्ये १५२० जना पुरुष र १०५१ जना महिला रहेको मन्त्रालयले जनाएको छ ।
थप १८ को ज्यान गयो
शुक्रबार नेपालमा संक्रमणबाट थप १८ जनाको ज्यान गएको छ । यो संगै नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११२६ पुगेको छ ।



