काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा २७५३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
देशको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा आज थप २७५३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
मन्त्रालयका अनुसार आज १० हजार ४२३ जनाको स्वाब परिक्षण गर्दा २७५३ जनामा संक्रमण देखिए संगै नेपालमा संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ ।
थप १७ जनाको ज्यान गयो
नेपालमा आज थप १७ जनाको ज्यान गएको छ । योसँगै नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या भने १ हजार ८७ पुगेको छ ।





















