काठमाण्डौं – काठमाण्डौँ उपत्यकामा शुक्रबार थप १३३८ जनामा कोरोना संक्रमण देखिएको छ ।
शुक्रबार थपिएका संक्रमितहरुमा ५७० जना महिला र ७६८ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्ठी गरेको हो ।
मन्त्रालयका अनुसार काठमाण्डौंमा १०३० जना, भक्तपुरमा १२१ जना र ललितपुरमा १८७ जना गरी उपत्यकाको ३ जिल्लामा कुल १३३८ जना कोरोना संक्रमित थपिएका हुन् ।



