काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप २९०९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
देशको विभिन्न प्रयोगशालामा भएको परिक्षणका क्रममा थप २९०९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
देशभरबाट संकलित मध्ये १०१५३ जनाको स्वाबमा कोरोना पोजेटिभ देखिए सँगै नेपालमा संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ ।
थप १८ को ज्यान गयो
शुक्रबार नेपालमा संक्रमणबाट थप १८ जनाको ज्यान गएको छ । यो संगै नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०७० पुगेको छ ।





















