एजेन्सी – लकडाउनका बिरुद्व बेलायतको राजधानी लण्डनमा सरकार विरुद्धमा प्रदर्शनमा उत्रिएका सयौ मानिसहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिबन्धात्मक व्यवस्थाको उल्लंघन गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
कोरोना भाइरसको महामारी फैलिँदै गएपछि बेलायत सरकारले दोस्रो पटक देशव्यापी लकडाउनको घोषणा गरे पछि त्यस विरुद्ध हजारौँले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएकाहरुलाई तत्काल भिडभाडबाट भाग्न र घरघर जान प्रहरी अधिकारीहरुले निर्देशन दिएका थिए ।
झण्डै आठ महिना लामो महामारीका क्रममा बेलायतमा पटक पटक लकडाउन गरिएको छ । बेलायतमा कोरोनाका कारण हालसम्म ११ लाख २३ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । ४८ हजार १२० जनाको ज्यान गईसकेको छ ।


