काठमाण्डौं – कोरोना भाइरसबाट संक्रमित भएका हाँस्य कलाकार मनोज गजुरेलको स्वास्थ्यमा समस्या गंभिर देखिएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि काठमाडौं बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालको आईसीयुमा राखिएको छ ।
घरमै आइसोलेसनमा बसेको उनको स्वास्थ्य गम्भीर भएपछि उनी बुधबार अस्पताल भर्ना भएका थिए । गजुरलेमा अक्सिजनको कमी र फोक्सोमा संक्रमण देखिएको उपचारमा सग्लन चिकित्सकले बताएका छन् ।
गजुरेललाई कार्तिक १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।


