काठमाण्डौं – काठमाण्डौं उपत्यकाको ३ जिल्लामा आज थप १३९८ जना कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौंमा १०९१ जना, भक्तपुरमा १४७ जना र ललितपुरमा १६० जना गरी आज १३९८ जनामा संक्रमण पुष्टी भएको हो ।
उपत्यकामा आज थपिएको संक्रमित मध्ये ७९७ जना पुरुष छन् भने ६०१ जना महिला रहेका छन् ।





















