एजेन्सी – युरोपमा नोबल कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि प्रतिबन्धात्मक उपायहरु लागू गर्न थालिएको छ ।
युरोपको विभिन्न मुलुकमा पछिल्लो समय पुनः संक्रमण तीव्र गतिमा बढेपछि आंशिक लकडाउन लगायतका उपाय अपनाउन थालिएको हो ।
चेक गणतन्त्रले संक्रमण बढ्न थालेपछि ३ हप्ताका लागि आंशिक लकडाउन सुरु गरेको छ । विद्यालय, बार तथा क्लबहरु बन्द गरेको छ । सामूहिक रुपमा बसेर रक्सीसहितका पेय पदार्थ खान समेत रोक लगाइएको छ ।
नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटले आगामी १ महिलनाका लागि आंशिक लकडाउन घोषणा गरेका छन् । सार्वजनिक परिसरमा मास्क अनिवार्य गरिएको छ ।
फ्रान्सका प्रधानमन्त्री इम्यानुअल म्याक्रोनले बुधवार थप कडाइका कार्यक्रम घोषणा गर्ने तयारी गरेका छन् । पेरिस लगायत संक्रमण धेरै देखिएका ठाउँमा रात्रिकालीन कर्फ्यु हुनसक्ने फ्रान्सका सञ्चारमाध्यमले जनाएका छन् । पेरिसका अस्पतालमा ९० प्रतिशत आइसियू शैय्याहरु भरिएका छन् ।
रुसमा दैनिक १४ हजार भन्दा बढीमा संक्रमण देखिएपनि राष्ट्रव्यापी लकडाउन भने नगर्ने जनाएको छ । जर्मनी तथा बेलायतमा पनि संक्रमण बढिरहेको छ । बेलायतमा ३ चरणका प्रतिबन्धात्मक उपाय लागु भएको छ ।
जर्मन चान्सलर एंगेला मर्केलले युरोपको अवस्थालाई उनले निकै चिन्तापूर्वक हेरिरहेको बताएकी छिन् ।


