×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

मिस नेवा: सुनिता डंगोलले यसरी जितिन् कोरोना

  •  गोरखा समाचार
  • आइतबार, असोज ११, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नेवार समुदायका युवतीहरुले सहभागिता जनाउने प्रतिभा प्रदर्शन गर्ने प्रतियोगिता मिस नेवा: ११३२ की विजेता हुन् – सुनिता डंगोल ।

    सुनिता डंगोलको परिचय मिस नेवा: को रुपमा मात्र सिमित गर्नु अन्याय हुन्छ । उनी कुशल उद्घोषिका हुन्, स्थापित टेलिभिजन तथा रेडियोकर्मी पनि हुन् ।

    नेवार भाषाकी विज्ञ उनी रञ्जना लिपीकी प्रशिक्षक समेत हुन् । कोरोना भाइरसको संक्रमणलाई रोक्न सरकारले लागू गरेको पहिलो चरणको लकडाउनको क्रममा सुनिताले फेसबुक लाइभमार्फत रञ्जना लिपीको बारेमा अनलाइन प्रशिक्षण नै सञ्चालन गरिन् ।

    यसका साथै उनले करिव एक महिना नेपाल भाषाको अध्यापन समेत गराइन् । कोरोना भाइरसको संक्रमणबाट जोगिने सम्पूर्ण तयारी गर्दा गर्दै पनि उनै सुनिता डंगोल करिव तीन साताअघि कोरोना भाइरसबाटै संक्रमित भइन् ।

    पछिल्लो पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएसंगै सुनिता कोरोनामुक्त भैसकेकी छिन् । उनि संगको पछिल्लो कुराकानीको क्रममा सुनिताले आफू र आफ्नो परिवार कसरी संक्रमणको चपेटामा आयो, संक्रमित भएपछि उनीहरुको दिनचया कस्तो भयो, उनी कसरी संक्रमणमुक्त भइन् जस्ता विषयमा खुलेर कुराकानी गरेकी छिन् ।

    सुनिताले गरेको कोरोना अनुभव उनकै शब्दमा :

    सबैभन्दा पहिला त हामी परिवारका सबै सदस्यहरु आफन्तहरुबाटै कन्ट्याक्ट ट्रेसिङमा पर्‍यौं । कन्ट्याक्ट ट्रेसिङ्ग गरिएदेखि नै हामी सम्पूर्ण परिवार सेल्फ आईसोलेशनमा बस्यौं । सेल्फ आईसोलेशनमा बसेको ५ दिनमा पुरै परिवारको पिसिआर परिक्षण गर्यौं ।

    पिसिआर गरेपछि रिपोर्ट नआउन्जेल कुर्न धेरै गाह्रो हुँदो रहेछ । रिपोर्ट के आउने होला भनेर चिन्ता र तनाव बढ्दो रहेछ । पिसिआरको रिपोर्ट पोजिटिभ भनेर थाहा पाउँदा सातो जाँदो रहेछ । डर र त्रासले सास फेर्न नै गाह्रो हुन थाल्यो जस्तो महसुस हुँदो रहेछ । आफ्नो भन्दा पनि परिवारको स्वास्थ्यको चिन्ताले मन झन् आत्तिँदो रहेछ ।

    यस्ता थिए लक्षण

    म लगायत परिवारका सदस्यहरुमा संक्रमणको मध्यम लक्षणहरु देखियो । मेरो सुँघ्ने क्षमता कोरोनाको कारण हराएको थियो । परिवारलाई सामान्य मध्यम खालको लक्षणहरु देखिएको थियो । परिवारमै संक्रमण हुँदा सबैभन्दा बढी कान्छो र जेठो सदस्य बढी चिन्ता हुँदो रहेछ ।

    होम आईसोलेशनका १४ दिन

    होम आईसोलेशनमा बस्दा १४ दिन कसरी बिताउने भनेर चिन्ता र अत्यास लाग्दो रहेछ । कोरोना भएका मानिस र परिवारलाई छर–छिमेक र समाजले हेर्ने दृष्टिकोण फरक हुँदो रहेछ । आइसोलेशनको अवधिमा हामीले स्वास्थ जीवनशैलीमा ध्यान केन्द्रित गर्यौं । पोसिलो, तागतिलो खानेकुराहरु बढि खायौं ।

    आयुर्वेदिक औषधिहरु नियमित रुपमा प्रयोग गर्यौं, इम्यून बलियो बनाउन । साबुन पानीले सम्भव भएसम्म हात धोयौं । हात धुन सम्भव नभएको खण्डमा स्यानिटाईजरको प्रयोग गर्यौं । नियमित रुपमा तातोपानी खायौं । आफुलाई मन लाग्ने क्रियाकलापमा मन भुलायौं । सकारात्मक सोच राखेर परिवारका सबै सदस्य अघि बढ्यौं ।

    नियमित रुपमा व्यायाम गर्यौं । स्वास्थ्य तथा पौष्टिक खानेकुरा खायौं । परिवारका सबै सदस्यले प्रशस्त मात्रामा पानी पियौं । खोकीका लक्षणहरु विरुद्ध तातोपानी पियौं । गीत, संगीतले आफ्नो र आफ्नो परिवारको मनोरञ्जन गरिराख्यौं । परिवारका सदस्यहरुले एक–अर्काको बीचमा दुरी कायम गर्यौं । मैले र परिवारको सबै सदस्यहरुले नियमित रुपमा मास्कको प्रयोग गर्यौं । रगतमा अक्सिजनको मात्रा नियमित रुपमा परिक्षण गरि राख्यौं ।

    रुघा खोकीको लागि घर मै बनाईएको मसला, बेसार पानी सेवन गर्यौं । घरभित्र पनि निश्चित ठाउँमा मात्रै ओहोर–दोहोर गरिराख्यौं । आफ्नो नियमित काममा मनलाई भुलाईराख्यौं । स्वास्थ्य अवस्था सबल भएपछि पुनस् पिसीआर परिक्षण गर्यौं । रिपोर्ट नआउन्जेल फेरि केहि तनाव, अत्यासको महसुस भईराख्यो । दोस्रो पिसिआरको रिपोर्ट नेगेटिभ आएपछि एकदमै खुसी लाग्यो ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    आइतबार, असोज ११, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.