×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

साम्राज्ञीलाई हतारो कि आलोचकलाई जवाफ ?

  •  गोरखा समाचार
  • बिहिबार, असोज ०८, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    एउटा सत्य के हो भने अभिनेत्री साम्राज्ञी आरएल शाह जति नै विवादित बने पनि उनको फिल्ममा माग घटेको छैन । उनले लकडाउनयता साइन गरेका फिल्मले पनि यो कुरा प्रमाणित गर्छ । गत वर्ष प्रदर्शित ‘मारुनी र रातो टीका निधारमा’ को असफलतापछि निराश भएकी उनको पाइपलाइनमा अहिले तीन फिल्म छन् । तिनै फिल्ममा उनले महंगो पारिश्रमिक बुझेकी छन् ।

    ‘रातो टीका निधारमा’ गर्नुभन्दा अगाडि नै साम्राज्ञीले १६ लाख पारिश्रमिकमा निर्देशक हेमराज विसीको फिल्म साइन गरेकी थिइन् । यसमा उनले अभिनेता प्रदीप खड्कासँग रोमान्स गर्दैछिन् । निर्देशक विसी कोरोना महामारी पूर्ण रुपमा अन्त्य भएपछि फिल्मको छायांकन थाल्ने सोचमा छन् । लकडाउन खुकुलो भएपछि साम्राज्ञीले निर्देशक प्रवेश पौडेलको नयाँ फिल्म साइन गरिन् ।

    यही मंगलवार उनी अर्को एक फिल्ममा अनुबन्ध भएकी छन् । रमेश एम.के पौडेलले निर्देशन गर्ने लभस्टोरी फिल्म ‘रेड वाइन’ मा उनले अभिनेता पल शाहसँग रोमान्स गर्दैछिन् । यो फिल्ममा उनले १२ लाखभन्दा बढी पारिश्रमिक बुझेको जानकारी प्राप्त छ । यस्तै, साम्राज्ञीले ‘प्रेमगीत’ सिरिज निर्माण गर्दै आएको आशुसेन फिल्मस्को नयाँ फिल्म ‘हुतुतु’ मा पनि काम गर्ने सम्भावना प्रवल छ ।

    ‘रातो टीका निधारमा’ रिलिजको झण्डै ६ महिना उनी कुनै फिल्ममा आबद्ध भइनन् । तर, अहिले लगातार फिल्म साइन गर्नुलाई धेरैले विभिन्न कोणबाट अर्थ्याएका छन् । पछिल्ला फिल्मको असफलता र एकपछि अर्को विवादका कारण उनको करिअर सकिएको कतिपयको टिप्पणी थियो । यसको जवाफकै खातिर उनले लगातार फिल्म साइन गरेको हुनसक्ने एकथरीको आँकलन छ ।

    तर, आफ्ना आलोचकलाई जवाफ दिन उनले हतारमा फिल्म साइन गरेकी हुन् भने भोलीका दिनमा त्यसको परिणाम उनको करिअरका लागि घातक सावित हुनसक्छ । किनकि, कलाकार भएपछि फिल्मको कन्टेन्ट र आफ्नो भूमिकामा ध्यान दिनुपर्छ । पब्लिक फिगर भएपछि आलोचनालाई सामान्य रुपमा लिनसक्नु पर्छ । यसका लागि करिअर नै दाउमा लगाउनु राम्रो होइन ।

    हतारमा निर्णय लिएर फुर्सदमा पछुताएका नेपाली फिल्म क्षेत्रमा धेरै कलाकार छन् । साम्राज्ञीले पनि केही फिल्मबाट यो भोगिसकेकी छन् । उनले लकडाउनको समयमा सामाजिक सञ्जालमा आफ्ना प्रशंसकको जवाफ दिने क्रममा अब राम्रो फिल्मबाट अफर आए मात्र काम गर्ने बताएकी थिइन् । तर, अहिले भकाभक फिल्म साइन गर्नुले उनी आफ्नो अडानमा बस्न नसकेको देखिन्छ ।

    ‘ड्रिम्स र ए मेरो हजुर २’ को सफलतापछि उनलाई आफ्नो काँधमा बोकेर फिल्म सफल बनाउन सक्ने अभिनेत्रीको रुपमा चित्रित गरिएको थियो । तर, यसपछि उनले जति पनि फिल्ममा काम गरिन्, कुनैले हिटको सुख दिन सकेनन् । त्यसमाथि श्रृंखलाबद्ध विवादले उनको करिअरमा ठूलो असर गर्‍यो । यद्यपि, उनीप्रति निर्माता तथा निर्देशकको विश्वासमा भने कमी आएको देखिन्न ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, असोज ०८, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.