काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)का कारण सोमबार नेपालमा थप ११५४ जनामा संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमले देशभरबाट संकलित ९ हजार ५३३ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार १३४ जनामा संक्रमण देखिएको जानकारी दिए ।
थप १६ जनाको मृत्यु
कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।




















