×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

महामारीबीच सेनाको एकीकरण मार्ग अभियान, ३२५ किलोमिटर लामो दुई पदमार्ग पहिचान

  •  गोरखा समाचार
  • आइतबार, असोज ०४, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गौरव पोखरेल

    काठमाण्डौं – कोरोना भाइरसको महामारीका कारण गरिएको लकडाउन र निषेधाज्ञाबीच नेपाली सेनाले इतिहास संरक्षण अभियान चलाइरहेको छ । नेपाल एकीकरणका बेला प्रयोग भएका बाटो र गढी–किल्लाहरुको संरक्षणका लागि सेनाले एकीकरण मार्ग कार्यक्रम सञ्चालन गरेको हो ।

    सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार गोरखा–धादिङ–नुवाकोट–काभ्रे–काठमाडौं ‘एकीकरण पदमार्ग’को सम्भाव्यता अध्ययन सकिएको छ । यसका लागि सेनाले इतिहासका प्राध्यापक दिनेशराज पन्तलाई समेत संलग्न गराएर लकडाउनअघि नै स्थलगत अध्ययन गरेको थियो ।

    अध्ययन टोलीको प्रतिवेदनले दुईवटा पदमार्गको खाका प्रस्तुत गरेको सहायक रथी पौडेल बताउँछन् । उनका अनुसार, पहिलो पदमार्ग गोरखाबाट सुरु भएर धादिङ, नुवाकोट हुँदै काठमाडौंबाट काभ्रे पुग्छ । यो पदमार्ग १९६.५ किलोमिटरको हुनेछ । दोस्रोचाहिँ गोरखा, नुवाकोट, धादिङबाट काठमाडौंसम्म १२८.५ किलोमिटरको छ ।

    प्रतिवेदनमा नेपाल एकीकरणको पृष्ठभूमि र तथ्य विश्लेषण, वर्तमान अवस्था, स्थानीयवासीका भनाइ, पदमार्ग संरक्षण र सम्बर्द्धनका लागि तत्काल गर्नुपर्ने कार्य तथा चनौतिहरुसमेत विश्लेषण गरिएको प्रवक्ता पौडेलले बताए ।

    चार आयोजना सकिए

    कोरोना महामारीका कारण काममा केही ढिलाइ भए पनि हालसम्म कार्यक्रम अन्तरगतका चारवटा आयोजना सेनाले सम्पन्न गरेको छ । गोरखा–काठमाडौं एकीकरण पदमार्ग सम्भाव्यता अध्ययन सकिएको छ भने सिन्धुलीगढी विकास बृहत् गुरुयोजनाको प्रोफाइल तयार भएको छ ।

    पाल्पा दरबार संग्रहालयमा ऐतिहासिक शस्त्रअस्त्र कक्ष तयार भएको र काभ्रेमा पृथ्वीगढी भ्यू प्वाइन्ट निर्माण जारी रहेको सैनिक प्रवक्ता सहायक रथी पौडेलले बताए । ‘सिन्धुलीगढीमा संग्रहालय र बारामा एकता वाटिका निर्माणाधीन छन्’, उनले भने, ‘नेपाल एकीकरणको इतिहास सम्बन्धी पुस्तक गत फागुनमा विमोचन भइसकेको छ ।’

    सिन्धुलीगढीमा निर्माणाधीन युद्ध संग्राहलयको काम ४५ प्रतिशत सकिएको उनले बताए ।

    सेनाले नेपालका गढी, किल्ला र युद्धस्थलहरुको परिचयात्मक पुस्तकहरु पनि तयार गरेको छ । नेपाली सेनाले ऐतिहासिक एवं पुरातात्विक महत्वका वस्तु, सम्पदा, स्थल एवं दस्तावेजहरुको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गरेको प्रवक्ता पौडेल बताउँछन् ।

    प्रधानसेनापति पूर्णचन्द्र थापाले जारी गरेको ‘प्रधानसेनापति कमाण्ड मार्गनिर्देशन–२०७५’ को लक्ष्य नं. ६ मा नेपाल, नेपाली र नेपाली सेनाको इतिहास प्रबर्द्धन गर्ने विषय उल्लेख छ ।

    सिन्धुलीगढी गुरुयोजना

    नेपाली सेनाले सिन्धुलीगढी विकासको गुरुयोजना बनाउने कार्यको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको थियो । जसअनुसार गत ११–१५ चैतसम्म कमलामाई नगरपालिका, बर्दबहादुर गण र आर्किटेक्निक स्टुडियोबीच समन्वय गरेर प्रारम्भिक सर्भे गरिएको थियो । त्यसबाट पदमार्ग र समाधी पार्कको पहिचान गरिएको थियो ।

    गत २२–२४ जेठमा पुनः सर्भे गरेर गुरुयोजना तयार पारेको सैनिक प्रवक्ता पौडेलले बताए । उनका अनुसार सिन्धुलीगढीको ऐतिहासिक महत्व झल्काउने गरी योजना बनाइएको छ । सन् १७६७ को युद्धमा गोर्खाली फौजले अंग्रेज सेनालाई सिन्धुलीगढीमा हराएर फर्काइदिएको थियो ।

    ‘सिन्धुलीगढीको ऐतिहासिकतासँगै पर्यटन विकास पनि गर्ने उद्देश्यले गुरुयोजना बनेको छ’, प्रवक्ता पौडेल भन्छन्, ‘पदमार्ग, झरना, समाधी र गढी क्षेत्रको संरक्षण गर्दै समग्र विकास गर्नु गुरुयोजनाको लक्ष्य हो ।’

    गुरु योजना अनुसार अहिले सोलाभञ्ज्याङमा रहेको मुख्य प्रवेशद्वारमै पर्यटकका लागि न्यूनतम सुविधाको व्यवस्था भएको छ । ऐतिहासिक क्षेत्रमा क्याफे, पार्क, रिसोर्ट, पिकनिक क्षेत्र, शौचालय, संग्रहालय, विश्रामस्थल पनि राख्ने गरी व्यवस्था गरिएको छ । (हेर्नुस् नक्सा)

    गुरु योजनामा विभिन्न पर्व र उत्सव मनाउन पार्किङसहितको कार्यक्रमस्थल, हेलिप्याड, सुरक्षा क्याम्प, फोहोर व्यवस्थापन स्थल बनाउने र भविष्यमा बनाउनु पर्ने नयाँ संरचनाका लागि ठाउँ खाली राख्ने भनिएको छ ।

    गुरु योजनामा सिन्धुलीगढीलाई ११ वटा क्लस्टरमा छुट्याइएको देखिन्छ । योजनाले पैदलमार्गलाई प्राथमिकता दिएको छ । त्यसका लागि लामो र छोटो गरी दुईवटा रुटको विवरण छ ।

    बारामा एकता बाटिका बन्दै

    सेनाको एकीकरण मार्ग कार्यक्रम अन्तरगत बारामा एकीकरण स्मृति उद्यान निर्माण भइरहेको छ । २७ वैशाखमा शिलान्यास भएको उद्यान तयार पार्न २१ करोड ९५ लाख ८८ हजार रुपैयाँ खर्च हुने अनुमान छ ।

    यसका लागि यो आर्थिक वर्षमा नेपाली सेनाले ५ करोड र प्रदेश २ सरकारले २ करोड रुपैयाँ विनियोजन गरेका छन् । यो आर्थिक वर्षमा सेनाले देशभर १२ स्थानका गढीको संरक्षणका लागि रु. ४ करोड ९९ लाख बजेट छुट्याएको छ ।

    copy by onlinekhabar

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, असोज ०४, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.