किन आयो यो पापी कोरोना ?, नपाइने भो घर आँगन छोडन ।
नयाँ अरे यो पापी भाइर, धेरै मान्छे अकालमा नै लगि रछ ।
दिन रात खाने र सुत्ने काम, मनमा भने भाको छ कहाँ जाम् ।
आवत जावत केही गर्न पाछैन , कैयौेँले त हप्तौँ केही खाछैन ।
साँझ बिहान कोही आउला भनी, सबैलाई लाग्छ रे डर् पनि ।
बाहिर कोहीले बोलाए पनि, हेर्न भेट्न डर लाग्ने बोल्नै नि ।
गुप्त बासझैँ जङ्गी पाराले, कष्टकर दिन काट्दै छन् साराले ।
सबै भित्र बलिया र रोगी नि, लक्डाउनमा आछैनन् जोगी नि।
म्यासेन्जर र फेसबुक् साथी, प्राणभन्दा रहेनछ केही माथि।
वल्लो पल्लो घर परदेश सरी, दिन कट्दै छन् कैदीको जसी ।
कोरोनाले फैलाउँदा दकस, घर भित्रको जीवन झन् सकस ।
बाहिर गए रोग सर्छ भन्छ, जानीजानी कालको गाँस को बन्छ रु
चाँडै हटोस् यो भाइरसको त्रास्, अनि हाम्रो हुनेछ है भेट्घाट ।
किन आयो यो पापी कोरोना ?, नपाइने भो घर आँगन छोडन ।
ऋषिराम लामिछाने
गोर्खा नगरपालिका





















