×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

अभिरुची बुढाथोकी भन्छिन् – ‘संक्रमितको सेवा नै हाम्रो धर्म हो’

  •  गोरखा समाचार
  • बिहिबार, साउन २९, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं- उनका परिचय नै दुई वटा छन् ।

    कुनै बेला उनी कलाकारको रुपमा चर्चित थिइन् ।

    चलचित्र, म्युजिक भिडियोदेखि विज्ञापनमा समेत अभिनय गरेकी छिन् ।

    यद्यपि, पेशागत रुपमा उनी अहिलेका लागि अति नै संवेदनशील क्षेत्र अर्थात स्वास्थ्य क्षेत्रमा सक्रिय छिन् ।

    हामी कुरा गर्दैछौं अभिरुची बुढाथोकीको, जो लामो समयदेखि अभिनयलाई सौखको रुपमा मात्र सिमित राख्दै नर्सिङ पेशालाई करियरको रुपमा अघि बढाइरहेकी छिन् ।

    किस्ट नर्सिङ कलेजबाट पिसिएल नर्सिङ उत्तिर्ण गरेर पाटन अस्पतालमा काम गर्न थालेकी अभिरुचीले होप कलेजबाट बिएन समेत गरिसकेकी छिन् ।

    सात वर्षकै उमेरमा चलचित्र चित्कारमा बाल कलाकारको रुपमा अभिनय गरेकी अभिरुचीले टेलिश्रृंखला नरमणीका १४ श्रृंखलासम्म अभिनय गरेकी थिइन् ।

    आधा दर्जन म्युजिक भिडियो, एउटा चलचित्रको आइटम गीतमा नृत्य, आधा दर्जन जति सर्ट फिल्म, थुप्रै विज्ञापन तथा फोटोसेसनमा सहभागि भैसकेकी अभिरुची लामो समयदेखि पाटन अस्पतालमा सिनियर नर्सको रुपमा कार्यरत छिन् ।

    नेपालमा कोरोना संक्रमणको प्रकोप बढ्न थालेदेखि नै उनी पछिल्लो तीन महिनाभन्दा लामो समयदेखि पाटन अस्पतालकै प्रसूती वार्डको पनि कोभिड वार्डमा कार्यरत छन् ।

    कोरोना महामारी उच्च बिन्दूमा पुगेको अवस्था पारेर बुढाथोकीसंग लामो कुराकानी गरेका छन् । कुराकानीको सम्पादित अंश :

    पछिल्लो समयको व्यस्तता कस्तो छ ?
    अभिरुची बुढाथोकी: नमस्कार…पछिल्लो समय थप व्यस्त भैरहेकी छु । पाटन अस्पतालको प्रसुतीको कोभिड वार्डमा काम गरिरहेकी छु । कोरोनाको ड्यूटीमै समय बितिरहेको छ भन्दा फरक पर्दैन ।

    कति समयदेखि कोभिड वार्डमा कार्यरत हुनुहुन्छ ?
    म धेरै अघिदेखि नै प्रसुती वार्डमा कार्यरत थिएँ, नेपालमा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेपछि हाम्रै वार्डमा बनाइएको कोभिड वार्डमा काम गर्न थालें ।

    हप्तामा कति दिन कोभिड–वार्डमा बिताउनु हुन्छ ?
    हप्तामा चार दिन काम गर्नु पर्छ । नाइट–डे भन्ने हुन्न, एक पटक अस्पताल पुगेपछि झण्डै साढे १२ घण्टाको ड्यूटी पुरा गर्नु पर्छ । छ–छ घण्टा गरेर दुई सिफ्टमा काम गर्नु पर्छ ।

    कोभिड–वार्डको काम कत्तिको डरलाग्दा हुन्छ ?
    सुरुमा त निकै नै डरलाग्दो अवस्था थियो । किनभने कोरोना भाइरसको संक्रमणका बारेमा कसैलाई पनि धेरै जानकारी थिएन । नेपालमा त झन् कस्तो अवस्था हुने होला भन्ने कुराको कसैले अनुमान समेत गर्न नसक्ने अवस्था थियो । बिरामीहरुको अवस्था देख्दा के होला भन्ने डर लाग्थ्यो । तर, समय बित्दै जाँदा हामी स्वास्थ्यकर्मीले समेत कोरोना भाइरसलाई राम्ररी व्यवस्थापन गर्न सक्षम भैरहको अनुभव भैरहेको छ ।

    त्यो बेलाको डर कस्तो थियो ?
    त्यो बेलाको डर त कस्तो–कस्तो । फेरि हामी प्रसुती वार्डमा भएकाले अनि डेलिभरी गराउनु पर्ने भएकाले बिरामीसंगै हामी पनि अति नै रिस्कमा हुन्छौं । एक मिटरको दुरी भित्र रहेर बिरामीको सेवामा जुट्नु पर्ने भएकाले पनि सुरु–सुरुमा निकै डरलाग्दो स्थिति थियो । अझ यो संक्रमण हावा तथा थुकको छिटाबाट पनि फैलिन्छ भन्ने थाहा भएपछि झन् डर लागेको थियो । तर, ती सबै डरहरुलाई बिर्सेर कोरोनाबाटै संक्रमित गर्भवतीहरुलाई उपचार गरेर, नीको पारेर फर्काउन सफल हुँदा भने आफ्नै पेशाप्रति गौरवको अनुभव हुन्छ । आफ्नो देशका लागि डटेर लड्न पाइएको छ भन्ने अनुभव हुन्छ ।

    अहिलेसम्म तपाईं कार्यरत कोभिड वार्डमा कति जना संक्रमितको उपचार गरियो होला ?
    यति नै भनेर त गनिएको छैन, तर तीन–चार जना संक्रमित गर्भवतीहरुको त शल्यक्रिया नै गरेर बच्चा निकालियो । कोरोना पोजेटिभलाई निकै नै हासियारीपूवर्क शल्यक्रिया गरियो । आमा र बच्चालाई सुरक्षित मात्र होइन, निको पारेरै घर पठाइयो । यसबाहेक दुई जना गर्भवतीहरुलाई पनि पोजेटिभ देखिएको थियो, उपचारपछि नेभेटिभ भयो । त्यस्तै कतारबाट आउनु भएकी एक जना गर्भवती महिलामा पनि पोजेटिभ देखिएको थियो, उहाँ पनि उपचारपछि संक्रमणमुक्त भएर घर गैसक्नु भएको छ । ठ्याक्कै तथ्यांक त छैन, तर १० जना जति संक्रमितहरुको उपचारमा प्रत्यक्ष संलग्न भैसकेकी छु ।

    कोभिड–वार्डको वातावरणका बारेमा केही बताउन मिल्छ कि ?
    कतिपय कुरा त हामीले भन्न मिल्दैन, तर त्यहाँ भित्रको वातावरण अन्य आईसीयू वार्डहरु जस्तै हुन्छ । हामी स्वास्थ्यकर्मीहरु पीपीई लगाएर पूर्ण रुपले सुरक्षित भएर मात्र उक्त वार्डमा प्रवेश गर्छौं । हामीले विरामीको अवस्थामात्र होइन, आफूलाई पनि जोगाउँदै उपचारमा सक्रिय हुनुपर्छ ।

    पीपीई लगाउँदा, लगाएर उपचार गरिरहँदा तथा खोल्दाको अनुभव सुनाउनु होस् त ?
    अस्पताल पुगेपछि हामीले सबैभन्दा पहिला गर्ने काम भनेकै पीपीई लगाउनु हो । यो कार्यलाई हामी डनिङ भन्छौं । पीपीई खोल्ने कार्यलाई डफिङ भनिन्छ । पीपीई लगाउँदा विभिन्न नियमहरु पालना गर्दै स्टेपवाइज लगाउनु पर्छ । एउटा तालिकालाई फलो गर्दै एकदमै राम्ररी, कतैबाट पनि हावा नछिर्ने गरी लगाउनु पर्छ । हावा छिरेको पाइयो भने त्यो ठाउँमा टेप टाँस्नु पर्छ । पीपीइ लगाइसकेपछि ग्लोब्स, मास्क तथा बाहिरबाट भाइजर (फेस शिल्ड) लगाउनु पर्छ ।

    पीपीई लगाएपछि नखोलुञ्जेलसम्मको अवधि कस्तो हुन्छ ?
    एक जना नर्सको ड्यूटी आवर कम्तिमा छ घण्टाको हुन्छ । पीपीई लगाएर वार्डमा छिरेपछि हामीले खाने, पिउने अथवा ट्वाइलेट समेत जान मिल्दैन । अर्थात पीपीई नखोलीकन केही पनि गर्न मिल्दैन । यदि ड्यूटी आवर बढ्यो भने हामीलाई अझ गाह्रो हुन्छ ।

    पीपीई खोल्न अझ गाह्रो हुन्छ भन्ने सुनिन्छ नि ?
    हजुर, पीपीई लगाउन भन्दा खोल्न गाह्रो छ । लगाउँदा एक्लै पनि लगाउन सकिए पनि खोल्दा एक जना सहयोगी हुनै पर्छ । जति पनि स्वास्थ्यकर्मीहरु संक्रमित भएको भन्ने सुनिन्छ, त्यो यही डफिङको क्रममा हुने असावधानीका कारण भएको भन्ने रिपोर्टहरु आइरहेका छन् । त्यसैलै पीपीई खोल्ने क्रममा विशेष ध्यान दिनु पर्छ । पीपीई खोल्नुअघि करिव तीन मिनेटसम्म ७० प्रतिशत अल्कोहलसहित सेनिटाइजरले पुरै शरीर स्प्रे गर्नु पर्छ । पीपीईसहित स्प्रे गरेपछि ३० सेकेण्ड होल्ड गरेर खोल्ने प्रक्रिया प्रारम्भ गर्नु पर्छ । पीपीई, भाइजर, मास्क, गग, ग्लोब्स पालैपालो खोल्नु पर्छ । ती सबै चिजहरुलाई सुरक्षित तरिकाले जहाँ–जहाँ राख्नु पर्ने हो, डिस्पोज गर्नु पर्ने हो, त्यो गर्नु पर्छ । त्यसपछि ट्वाइलेट जाने, खाजा–खाना जे खाने हो त्यो खानु पर्छ । त्यसको केही समयपछि पुनः अर्को हाफका लागि पुनः पीपीई लगाएर वार्डमा जानु पर्छ । हामीले लगाउने पीपीई भने पाटन अस्पताल आफैंले बनाउने गरेको छ ।

    हरेक दिन घरबाट अस्पतालतर्फ लाग्दा कत्तिको डर लाग्छ ?
    मैले अघि नै भनें नि, पहिला–पहिला त अति नै डर लाग्थ्यो । तर अहिले भने डर कम भएको छ । यद्यपि, जोखिम भने अहिले चाहिं बढिरहेको छ, तर कोरोनाका बारेमा हामी सबै राम्रो जानकार भएकाले होशियार भएर यसबाट बच्न सकिन्छ भन्ने कुरा पनि बुझिसकेका छौं । अहिले अहिले पहिला जस्तो डर लाग्दैन ।

    पहिलो पटक कोभिड वार्डमा काम गर्नु पर्ने कुरा सुन्दा कस्तो अनुभव गर्नु भयो ?
    म आफ्नो वार्डमा सिनियर भएकाले मेरो नाम त पहिलो सूचीमै आयो । म सिनियरको सूचीमा परें । सुरुमा त डर लागिहाल्यो । त्यो बेला इटलीमा नर्सहरु नै कोरोनाबाट संक्रमित मात्र होइन ज्यान समेत गुमाइरहेको समाचार सुनिरहेकाले डर त कति हो कति लागेको थियो । सबैभन्दा पहिला ममीलाई फोन गरेर आफू कोरोना वार्डका लागि छनोट भएको कुरा डराइ–डराइ सुनाएँ । ममीको कुराले भने ममा अचानक हिम्मत भरिएर आयो । ‘यत्रो ठूलो महामारी आएको बेला तिमीले निडर भएर बिरामीको सेवा गर्न सक्यो भने पो सच्चा नर्स भयौ त’ ममीको यो कुराले मलाई शत प्रतिशत हिम्मत बढायो । त्यो बेला मैले हिम्मत दिने पनि कोही न कोही चाहिने रहेछ । एक जना मान्छेको हिम्मतले पनि कति ठूलो काम गर्ने रहेछ भन्ने अनुभव गरें ।

    त्यसपछिको कार्य कसरी प्रारम्भ भयो ?
    हामीलाई पाटन अस्पतालले उतै बस्ने सुविधा पनि दिएको थियो । केही साथीहरु त बस्नु पनि भयो । तर म भने सामाजिक दुरी मेन्टेन गर्दै घरबाट आउने–जाने निर्णय गरें ।

    घरमा आफूलाई कसरी सुरक्षित राख्नु भयो, अरुको सुरक्षाको ध्यान कसरी दिनु भयो ?
    अस्पतालबाट घर आउने बित्तिकै सबैभन्दा पहिला स्कूटर नै सफा गर्न थालें । त्यसपछि अस्पताल जा“दा लगाएका पहिरनहरु धुने, नुहाउने, साबुनपानीले हात धुने, लुगा फेर्ने, सर्जिकल मास्क लगाउने कार्यलाई निरन्तरता दिन थालें । कतिसम्म भने म त अहिले पनि घरमा बस्दा पनि मास्क लगाइरहेकै हुन्छु । किनभने केही महिनाअघि हाम्रै यूनिटका दुई जना नर्स तथा एक जना डाक्टरलाई पनि कोरोना पोजेटिभ देखिएको थियो, त्यसैले हामी अलि बढि नै होसियार हुनु पर्दछ ।

    तपाईंले कति पटक पिसीआर परीक्षण गराउनु भयो ?
    मैले अहिलेसम्म एक पटक मात्र परीक्षण गराउनु परेको छ, त्यो पनि केही महिनाअघि । परीक्षणको रिपोर्ट नआउञ्जेल निकै डर लागेको थियो । नेगेटिभ आएपछि खुशी भएँ । पाटन अस्पतालमा करिव ४ सय ५० जना नर्सहरु कार्यरत छौं । त्यसैले हरेक नर्सको पिसिआर परीक्षण सम्भव नभएकाले अस्पतालले नै एउटा समुहमा काम गर्नेमध्ये एक पटक पटकमा एक जनाको दरले पिसिआर परीक्षण हुन्छ । उदाहरणको लागि मेरो वार्डको नाइट सिफ्टमा हामी तीन जना काम गर्छौं । हामी मध्ये एक जनाको परीक्षण गर्दा र उनको नतिजा जे आउँछ हाम्रो पनि त्यही नै हुनेछ भन्ने प्रकृया अपनाइएको छ । अब भने मेरो दोस्रो परीक्षण गर्ने बेला भएको छ ।

    आफ्नो कामलाई चूनौतीपूर्ण त मान्नु हुन्छ नि ?
    हावाबाट समेत, ड्रपलेट्सबाट समेत सर्ने भएकाले हाम्रो काम अति नै चुनौतीपूर्ण छ । अझ पिपिई लगाएर वार्डमा छिरेपछि खाना, पानी खान र पिउन त के पिसाव समेत फेर्न नपाउने अवस्था, हावा टाइट भएर सासै फेन गाह्रो हुने अवस्था, मास्को डाम बसेर अनुहारमै दाग लाग्ने अवस्थाले भने निकै दुःख पनि लाग्छ ।

    पिपिई लगाएर कार्यस्थलमा खटिँदा भोगेका अफ्ट्याराहरु के–के छन् ?
    हामी महिलाहरुलाई महिनाको चार दिन हुने मासिकश्रावको बेला भने निकै नै अफ्ट्यारो परेको नमीठो अनुभव गरेकी छु । एक पटक मेरो पिरियडकै क्रममा नायट ड्यूटी थियो । म सात बजे पिपिईसंगै त्रिपल प्याड लगाएर ड्यूटीमा खटिँदा । त्यो रात सात बजेदेखि नै एक जना कोभिड बिरामीको बच्चा जन्माउनु पर्ने थियो । बच्चा जन्माउन गाह्रो भएकाले भ्याकुम समेत लगाउनु परेको थियो । राति साढे एक बजेमात्र बच्चा जन्मिएयो । मलाई भने झण्डै सात घण्टा अगाडि लगाएको प्याडले गर्दा निकै गाह्रो भैसकेको थियो । यस्तो पनि जीवन हुँदो रहेछ, आफ्नो जीवन आफैंका लागि समेत नहुने रहेछ भन्ने अनुभव भयो । खासगरी स्वास्थ्य क्ष्ँेत्रमा खटिने स्वास्थ्यकर्मीहरु कतिसम्म अफ्ट्यारो अवस्थामा काम गर्नु पर्छ भन्ने एउटा उदाहरण पनि हुनसक्छ । म आफैं मेन्स्ट्रल हेल्थको बारेमा शिक्षँ दिइरहेको मान्छे, आफैं सात घण्टासम्म एउटै प्याडमा रहनु पर्दाको अवस्था म यहाँ वर्णन समेत गर्न सक्दिन ।

    यस्तो अफ्ट्यारो अवस्था कहिलेसम्म चल्छ होला है ?
    यो कोरोना भाइरस भन्ने संक्रमण नै यति नौलो छ कि यो कहिलेसम्म चल्छ भनेर कसैले भन्दै सक्दैन । अचम्म त के छ भने यसका लक्षणहरु हरेक देशमा फरक–फरक छन् । इटालिमा भएको अवस्थामा चीनमा थिएन, चीनमा भएको अवस्था भारतमा छैन । भारतमा भएको अवस्था नेपालमा छैन । अर्थात देशैपिच्छ यसको अवस्था समेत फरक फरक छ ।

    पछिल्लो समय कोरोना संक्रमण ह्वात्तै बढ्ने कारण के होला ?
    हुन त लकडाउनमात्र स्थायी समाधान होइन, तर लकडाउन खुलेपछि हामीले बेवास्ता गरेका कारण बढेको हो कि जस्तो लाग्छ । मानिसहरु आफैं सचेत नभएर यो अवस्था आएाके हो कि जस्तो लाग्छ । सामाजिक दुरी पालना नगरेकै कारण यस्तो स्थित आएको हो कि जस्तो लाग्छ । हामी आफैं केयरलेस गरिरहेका छौं । वेवास्ता गर्नाले पनि यस्तो स्थिति आएको हो ।

    यसलाई रोक्नका लागि तपाईंको के–के सुझावहरु हुन सक्छन् ?
    सबैभन्दा पहिला हरेक व्यक्ति सचेत हुनु पर्छ । सामाजिक दुरीको पालना गर्नु पर्छ । मास्कको प्रयोग अति नै गम्भिर भएर गर्नु पर्छ । मास्क लगाएपछि त्यसलाई पटक–पटक छुने, खोल्ने, पुनः लगाउने गर्नु हुँदैन । कम्तिमा १३ फिटको दुरी कायम गर्नु भनिएको छ । भिडभाडमा जानबाट जोगिनु पर्छ । जानै पर्दा मास्क लगाउनु पर्छ, सेनिटाइजर लगाइरहनु पर्छ । घर अँए पछि साबुन पानीले हात धुनुपर्छ । सर्जिकल मास्क लगाउने गर्नु भएको छ भने लगाएकै दिन सेनिटाइज गरेर त्यसलाई बिसर्जन गर्नु पर्छ । सर्जिकल मास्कको बाहिरी पत्रमा कोरोना भाइरस एक हप्तासम्म रहन्छ भन्ने अध्ययनले देखाएको छ ।

    स्वास्थ्य सेवाले कलाकारिता क्षेत्र कत्तिको मिस हुन्छ ?
    कलाकारिता मेरो रुचीको क्षेत्र हो, स्वास्थ्य चाहिं मेरो करियर । म स्वास्थ्य क्षेत्रबाट अब पछाडि फर्किन सक्दिन, समयले साथ दिएको बेला कलाकारिता क्षेत्रमा पनि काम गरिरहेकै हुन्छु । मलाई फोटोसेसन गर्न मनपर्छ, साना–ठूला विज्ञापनहरुमा काम गर्नका लागि समय निकालिरहेकी हुन्छु । कहिलेकाहिं म्युजिक भिडियोमै पनि अभिनय गर्छु । केन्द्रबिन्दु अनलाइन टेलिभिजनमा करिव एक वर्षसम्म स्वास्थ्य सम्बन्धि कार्यक्रम नै चलाएकी थिएँ । यी सबै कार्यहरु अब कोरोना संक्रमणपछि जीवन सामान्य भएपछि पुनः सुचारु हुने अपेक्षा गरेकी छु ।

    अन्त्यमा, आफ्ना प्रशंसक तथा शुभचिन्तकहरुलाई के भन्न चाहनु हुन्छ ?
    कोरोना नियन्त्रणका लागि सरकारले यसो गरेन, उसो गरेन भन्दा पनि हामी आफैं सचेत भयौं भने यसबाट जोगिन सकिन्छ, आफैं नै सतर्क हुनुपर्छ । अरुलाई दोष लगाएर हुन्न । जहाँ जे काम गरे पनि सुरक्षित भएर गर्नु होला भन्न चाहन्छु ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बिहिबार, साउन २९, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.