काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट विश्वभर संक्रमित हुने मानिसको संख्या २ करोड माथि पुगेको छ ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म संक्रमितको संख्या २ करोड ८९ हजार भन्दा माथि पुगेको हो ।
कोरोना भाइरसका सबैभन्दा धेरै संक्रमित अमेरिकामा फेला परेका छन् । अमेरिकामा कोरोना भाइरसका संक्रमितको संख्या ५० माथि भएको अमेरिकी सरकारले जनाएको छ । अमेरिका पछि ब्राजिलमा संक्रमितको संख्या ३० लाख नाघेको छ ।
नेपालको छिमेकी देश भारत संक्रमितहरु भएका देश मध्ये तेस्रो नम्बर आएको छ । भारतमा मात्रै संक्रमितहरुको संख्या २२ लाख नाघि सकेको छ ।
कोरोना संक्रमणकै कारण विश्व भर ज्यान गुमाउनेको संख्या ७ लाख ३६ हजार भन्दा माथि पुगेको छ ।
संक्रमणका कारण अमेरिकामा सबैभन्दा १ लाख ६३ हजारभन्दा बढीले ज्यान गुमाएका छन् भने ब्राजिलमा पनि १ लाख १ हजारभन्दा धेरैले ज्यान गुमाइसकेको छ ।
संक्रमित मध्ये विश्वभर १ करोड २२ लाख भन्दा धेरै मानिसले सफल उपचार पछि कोरोनालाई जितेर घर फर्किइका छन् ।


