एजेन्सी – भारतमा एकै दिनमा ५५ हजार मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा भारतमा ५४ हजार ९६६ जनामा संक्रमण पुष्टी भएका हुन् । यो सहित भारतमा संक्रमितको संख्या संख्या १६ लाख ३९ हजार ३५० पुगेको छ ।
भारतमा एकैदिन ७८३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या मात्रै पनि ३५ हजार ७८६ पुगी सकेको छ ।
कोरोना संक्रमितको संख्या धेरै हुनेमा भारत विश्वकै तेस्रो स्थानमा रहेको छ । संक्रमितमध्ये १० लाख ५९ हजार ९३ जना निको भएर घर फर्केका छन् ।एकैदिन ३ जनाको ज्यान गयो, ज्यान गुमाउनेको संख्या ५५ पुग्यो


