गोरखा समाचारदाता
वीरगञ्ज – नोवल कोरोना भाइरस (कोभिड–१९)का कारण वीरगञ्जमा एकै दिनमा ३ जनाको ज्यान गएको छ ।
वीरगञ्जकम रहेको गण्डकस्थित कोभिड अस्पतालमा उपचारका क्रममा थप १ जना भारतीय ५६ वर्षीय नागरिकको ज्यान गए पछि एकै दिन ३ जनाको ज्यान गएको हो । यो सहित कोरोनाका कारण नेपालमा ज्यान गुमाउनेको संख्या ५५ पुगेको छ ।
भारतीय नागरिकको बिहीबार राति ११:०० बजे ज्गान गएको थियो । बिहिबार नै वीरगञ्ज उपमहानगरपालिका १६ नगवाका ३५ वर्षीय युवा र वीरगञ्ज २ छपकैयाका ६५ वर्षीय वृद्ध सहित २ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको पुष्टी भई सकेको छ । दुबैको ज्यान पिसिआर परीक्षणको रिपोर्ट आउनु अघि नै गएको हो ।
मृतक वीरगन्ज महानगरपालिकामा रहेको जगदम्बा इन्टरप्राइजेज उद्योगका प्रमुख कार्यकारी अधिकृत भएको पुष्टी भएको छ । उनलाई साउन ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । साउन ७ गते गण्डकस्थित कोभिड अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।


