गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)का कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई आज फेरी नेपाल ल्याईने भएको छ ।
तेस्रो चरण सम्म उद्वार गरिएकोमा केही प्राविधिक समस्या भए पछि आजबाट चौथो चरणको उद्वार कार्यको थालनी हुन लागेको हो । आज मात्रै विभिन्न देशमा रहेका नेपालीहरुलाई लिन ९ उडान हुने छ ।
चौथो चरण उद्धार साउन २४ गतेसम्म जारी रहने छ । तेस्रो चरण सम्ममा विदेशमा रहेका २९ देशबाट ३५ हजार ८०४ जना हवाइमार्गमार्फत नेपाल ल्याई सकिएको छ ।
आज शुक्रबार मलेसियाबाट मलिण्डो एअर, कुवेतबाट जजिराको २ उडान र हिमालय एअरको २ उडानमार्फत कुवेतबाट नेपालीहरु स्वदेश फर्कंदै छन् ।
त्यस्तै गरी आजै श्री एअरलान्सले बैंककबाट, हिमालय एअरलान्सले कुनमिङ् शहर र चाइना साउर्दन एअरलाइन्सले गोन्जाउबाट नेपालीहरुलाई लिएर आउँदै छ ।
हिमालय एअरलाइन्स र नेपाल एअरलाइन्सले पनि आजै कुवेत, यूएई र कतारमा रहेका नेपालीहरु लिएर आउने छन् ।




















