गोरखा समाचादाता
काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट नेपालमा बिहीबार थप २७४ जनामा कोरोना संक्रमण भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको परिणमा थप २७४ जनामा संक्रमण पुष्टी भएको हो । यो संगै अब नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ५४७ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमका अनुसार गएको २४ घण्टामा ६ हजार ३०४ जनाको पिसिआर परीक्षण गर्दा २७४ जनामा संक्रमण भएको हो ।
प्रवक्ता डा.गौतमले पत्रकार सम्मेलनमा आज सम्म देशभरको विभिन्न आइसोलेसनबाट १४ हजार २४८ जनाले कोरोना जितेर घर फर्किएको जानकारी दिए ।


