गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)का कारण नेपालमा बुधबार थप २१० जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा उत्त संख्यामा संक्रमित पुष्टी भएको हो । यो सहित नेपालमा संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको निमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमले देशभरको विभिन्न प्रयोग शालामा गरिएको पिसिआर परिक्षणका क्रममा २१० जनालाई संक्रमण पुष्टी भएको बताए ।



