गोरखा समाचारदाता
पर्सा – पर्सामा सेना, प्रहरी र कैदीबन्दी समेत कोरोना संक्रमण देखिएको छ ।
जिल्लाको वीरगञ्जमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भए संगै उनीहरुमो कोरोना संक्रमण देखिएको हो ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा २ देखि ६५ वर्ष उमेरका ३४ जनामा कोरोना पुष्टि भएको नारायणी मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले जानकारी दिए ।
संक्रमितमध्ये ५ जना बालबालिका, १० जना महिला र १९ जना पुरुष रहेका छन् । संक्रमितमा सेना १ जना, ३ जना प्रहरी, ६ जना कैदीबन्दी, २ जना कारागारका कर्मचारी, १ जना स्वास्थ्यकर्मी संक्रमित पुष्टी भएको छ ।
संक्रमितमध्ये २० जना श्रीपुर, आदर्शनगर, बेल्वा, भिस्वा, सिर्सिया वीरगञ्जका बासिन्दा हुन । वीरगञ्जमा समुदाय स्तरमा संक्रमण फैलिएको आशंका गरिएको छ । संक्रमित सबैलाई अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा राखिएको छ ।
वीरगञ्जमा स्वाब संकलन गरिएका १ हजार ५०० जनाको रिपोर्ट आउन बाँकी छ ।



