गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप ३११ जनामा संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अब यो सहित नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मलेनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरी ३११ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिए ।
त्यस्तै कोरोना संक्रमणबाट थप १ जनाको ज्यान गएको छ । कोरोनाका कारण ज्यान गुमाउनेहरुको संख्या ४९ पुगेको छ ।




















