गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट सोमबार थप १३९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परिक्षणका क्रममा थप १३९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यो सहित अब नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ७५२ जना पुगेका छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको पत्राकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमका अनुसार दैलेखमा २८ जना, सप्तरीमा २१ जना र पर्सामा २० जनामा कोरोना देखिएको छ ।
त्यस्तै गरी धनुषा र महोत्तरीमा १०/१० जना, बैतडी, काठमाण्डौ, ललितपुर र कास्कीमा ३/३ जना, सल्यानमा २ जनामा सङ्क्रमण देखिएको छ ।
सिरहा, काभ्रे, बाँके, रुपन्देही र सुर्खेतमा १/१ जनामा सङ्क्रमण देखिएको प्रबत्ता डा.गौतमले जानकारी गराए ।



