गोरखा समाचारदाता
काठमाण्डौं – भारतमा एकैदिन ५० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।
भारतमा एकै दिनमा ५० हजार ५२५ जनामा कोरोना संक्रमण देखिएको हो । यो भारतको ईतिहासमा एकैदिन संक्रमण पुष्टि भएको अहिलेसम्मकै ठुलो संख्या हो ।
हालसम्म भारतमा कोरोना संक्रमितको संख्या १४ लाख ३६ हजार १९ जनामा संक्रमण देखिएको छ । भारतमा अहिले सम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३२ हजार ८१२ पुगेको भारत सरकारले जनाएको छ ।
आइतबार एकैदिन भारतमा ७१६ जनाको ज्यान गएको छ । लकडाउन खुलेसँगै भारतमा कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढेको हो ।
भारत अहिले विश्वकै तेस्रो स्थानमा छ । कोरोना महामारीले अमेरिका र ब्राजिललाई पनि सताई रहेको छ ।
विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ६४ लाख १८ हजार ८६७ जना पुगेको छ । कोरोना संक्रमणवाट हालसम्म ६ लाख ५२ हजार २५६ जनाको ज्यान गई सकेको छ भने संक्रमित मध्ये अहिले सम्म १ करोड ४७ हजार ३०४ जना सफल उपचार पछि घर फर्किएका छन् ।




















