गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)का कारण नेपालमा थप २ जनाको ज्यान गएको छ ।
पछिल्लो पटक धनुषा र पर्सामा १÷१ जनाको ज्यान गएको हो । यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनको संख्या ४७ पुगेको छ ।
दुवैको आइतबार ज्यान गएको हो । जनकपुरस्थित प्रादेशिक अस्पतालबाट धरानस्थित वीपी कोइराला विज्ञान प्रतिष्ठान धरान रेफर गरेको १ जना र धनुषा जिल्लाको शहिदनगर नगरपालिका डुमरीयाका १ जनाको ज्यान गएको हो ।




















