गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रही रहेको भन्दै बिना मास्क घर बाहिर निस्कनेलाई कारवाही गर्न दशै घरको जिल्ला प्रशासनलाई गृह मन्त्रालयले परिपत्र गरेको छ ।
मन्त्रालयले आज ७७ जिल्ला प्रशासनलाई परिपत्र जारी गर्दै घर बाहिर निस्कनेले मास्क नलागएको खण्डमा नियन्त्रणमा लिएर कारवाही गर्न पत्राचार गरेको हो ।
विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गृह मन्त्रालयले हिँडडुल गर्दा सबैलाई मास्क अनिवार्य गर्न भनेको छ । परिपत्रमा मास्क नलगाउने र भीडभाडमा हिँड्नेलाई तत्काल पक्राउ गरेर कारबाही गर्न भनेको छ।
सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन असार २६ गतेबाट पूर्ण रुपमा खुला गरेसँगै भीडभाड बढेको छ । मास्क लगाउन अटेर गरेमा संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गर्न समेत मन्त्रालयले भनेको छ ।
यसअघि गृहमन्त्रालयले मास्क नलगाई हिँडेलाई कारबाही गर्न भन्दै सबै जिल्ला प्रशासनलार्य असार २२ गते पत्राचार गरेको थियो ।




















