गोरखा समाचारदाता
गोरखा – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट गोरखामा आज सम्म १०७ जना संक्रमित भएका छन् ।
पछिल्लो पटक सनिबार २ जनामा कोरोना संक्रमण देखिए संगै गोरखामा संक्रमितको संख्या १०७ पुगेको हो ।
सनिबार कोरोना देखिएकाहरु भने बहराइन र भारतबाट फर्किएका मानिस भएको पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार दिउँसो ४ बजे जारी गरेको विज्ञप्ती अनुसार गोरखाको पालुङटार नगरपालिका र भीमसेन थापा गाउँपालिकामा थप १÷१ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
पालुङटार नगरपालिकाका संक्रमित २६ पुरुष बहराईनबाट फर्किएका हुन । उनी जनता माध्यामिक बिधालयको क्वारेन्टिनमा बस्दै आएको नगरपालिकाका स्वास्थ्य प्रमुख कृण्ण अधिकारीले बताए ।
त्यस्तै गरी भिमसेन थापा गाउँपालिकाका वडा नम्बर १ का संक्रमित २७ बर्षिय पुरुष भने भारतबाट फर्किएका हुन् । उनी कनकामना आधारभूत बिधालयको क्वारेन्टिनमा बस्दै आएको गाउँपालिकाका स्वास्थ्य प्रमुख भेषराज खनालले बताए ।
दुवैलाई सनिबार नै जिल्ला सदरमुकाममा रहेको आइसोलेसनमा ल्याएर राखिएको छ ।


