गोरखा समाचारदाता
काठमाण्डौं – कोरोना संक्रमित एक चिनियाँ नागरिकको नेपालमा ज्यान गएको छ ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा चिनियाँ महिलाको ज्यान गएको हो ।
संक्रमित ती महिलाको हृदयघातबाट ज्यान गएको अस्पतालले जनाएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि पोखराबाट हेलिकप्टरमार्फत ग्रान्डी अस्पतालमा ल्याइएको उनलाई ग्रान्डीले त्रिवि शिक्षण अस्पतालमा उपचारको लागि पठाएको थियो ।
कोरोना संक्रमित विदेशी नागरिकको नेपालमा ज्यान गएको यो पहिलो पटक हो ।



