गोरखा समाचारदाता
काठमाण्डौं – कोरोना भाइरसबाट सोमबार थप १८६ जना संक्रमित भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा उत्त संख्यामा कोरोना पुष्टी भएको हो । यो सहित अब नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार बारामा ४६ जना, डोटीका ४० जना, सर्लाहीमा २३ जना, सप्तरीमा ९ जना, कास्कीमा ८ जना, रुकुम पूर्वमा ७ जना, दाङमा र सुनसरीमा ६÷६ जनामा संक्रमण पुष्टि भएको छ ।
पर्सा, सोलुखुम्बु, रोल्पा र सुर्खेतका ४÷४ जना, झापा र सल्यानका ३÷३ जना, काठमाडौं, धनुषा, तनहुँ र दैलेखका २÷२ जना तथा इलाम, मोरङ, सिराहा, ललितपुर, लमजुङ, हुम्ला, कालीकोट र कैलालीमा १÷१ जनामा संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १७३ जनाले कोरोना जितेर घर फर्किएका छन् । यो सहित कोरोना जित्नेको कुल संख्या ११ हजार ८६८ पुगेको छ ।
प्रवक्ता डा.गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार २१६ जनाको पीसीआर नमुना परीक्षण भएको थियो।
आज सम्म क्वारेन्टाइनमा बस्नेहरुकको संख्या २२ हजार २२८ पुगेको छ ।
आइसोलेसनमा ५ हजार ९३६ जनाको उपचार भइराखेको छ ।



