गोरखा समाचारदाता
नवलपुर – नवलपुरमा विपि स्मृती दिवशमा कोरोना संक्रमितलाई फलफुल बितरण गरिएको छ ।
३८ औं बि पि स्मृति दिवसका उपलक्ष्यमा नेपाली कांग्रेस नवलपुरले सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत प्राकृतिक चिकित्सालय रजहरमा रहेका कोरोना संक्रमितलाई फलफूल बितरण हो ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति बिस्नु प्रसाद लामिछानेले संक्रमित सबैको सिघ्र स्वास्थलाभको कामना गर्दै फलफूल वितरण गरेको नेपाली काँग्रेसले जनाएको छ।
कार्यक्रममा जिल्ला सचीव बालकृष्ण घिमिरे ,कोषाध्यक्ष ओम प्रसाद सापकोटा , जिल्ला सदस्य धर्म बस्याल ,सीता कुवर , बि पि अध्ययन प्रतिष्ठान अध्यक्ष बिस्नु देबी पाण्डे ,ट्रेड युनियन अध्यक्ष गंगाधर सुबेदी,नेपाल राष्ट्रिय मगर संघका जिल्ला सभापति इन्द्र फाल ,दलित संघ जिल्ला अध्यक्ष प्रकाश रसाइली ,नेपाली कांग्रेस कार्यलय सचीव गोपाल बस्ताकोटी लगायतको उपस्थिति थियो ।





















