गोरखा समाचारदाता
बारा – बारामा ठुलो परिमाणमा नेपाली र भारतीय नक्कली नोट बरामद भएको छ ।
जिल्लाको महागढीमाइ नगरपालिका २ बरियापुरबाट ठुलो परिमाणको नेपाली र भारतीय नक्कली नोट बरामद भएको हो ।
नोटसहित प्रहरीले ३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारीका २५ वर्षीय सुधिरकुमार कुशवाह, बारा सिम्रनगढ ४ का मनोज साह तेली र कोटवाल ६ का नरेन्द्रप्रसाद कुशवाह रहेको बारा प्रहरीले जनाएको छ ।
उनीहरूका साथबाट नेपाली रुपैयाँ १५ लाख ४४ हजार ४०० र भारतीय रुपैयाँ १ लाख ८३ हजार ६५० रुपैयाँ बरामद भएको छ ।
उनीहरूबाट ना. ५४ प ३८०५ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।




















