×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

आजबाट ५ दिन वर्षाको सम्भावना, बाढी तथा पहिरोबाट जोगिन मौषम विभागको आग्रह

  •  
  • आइतबार, साउन ०४, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    काठमाण्डौं – आजबाट ५ दिन देशभर वर्षाको सम्भावना रहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षाले बाढी पहिरो आउन सक्ने भएका कारण जोगिन समेत आग्रह गरेको छ ।

    जल तथा मौषम पुर्वानुमान महाशाखाले पहाडी क्षेत्रका केही स्थानमा पहिरो र तराईका धेरै स्थानमा बाढी तथा डुबानको सम्भावना रहेको भन्दै अरु बेला भन्दा बढी सर्तन रहन आग्रह गरेको छ ।

    त्यस्तै गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सबै सर्व साधारणहरुलाई अलि बढी नै सतर्क रहन अनुरोध गरेको छ ।

    पहाडी भू भागका स साना नदी नालामा समेत आकस्मिक बहाव बढ्ने सम्भावना भएकाले जनधनको क्षति हुन सक्ने अनुमान गरिएको छ ।

    बर्षाका कारण कन्काई, सप्तकोसी, कमला, वाग्मती, नारायणी, भेरी–बबई र पश्चिम राप्तीमा बाढी आउने भन्दै गृह मन्त्रालयले तटीय क्षेत्रमा बस्नेलाई सुरक्षित स्थानमा जान भनेको हो ।

    प्रदेश १, २, वाग्मती, गण्डकी र प्रदेश ५ का जिल्ला हुँदै बग्ने ठूला तथा सहायक नदीमा पानीको सतह बढ्ने र यसले बाढी र डुबानको जोखिम निम्त्याउने पूर्वानुमान छ । प्रदेश २ का ८ वटै जिल्ला डुबानको उच्च जोखिममा छन् ।

    यस वर्ष मनसुन सुरु भएयता जेठ ३० देखि साउन २ गतेसम्म बाढीपहिरो र डुबानबाट १०९ जनाको ज्यान गई सकेको छ । जसमध्ये पहिरोबाट १०४ को ज्यान गएको थियो भने ४३ बेपत्ता तथा बाढी र डुबानबाट ५ को ज्यान गएको र ५ बेपत्ता भएका छन् ।

    यो अवधिमा चट्याङबाट मात्रै १७ जनाले ज्यान गुमाएका छन् ।

    यता गण्डकी प्रदेश सरकारले भने परासी, बर्दघाट, डण्डाबजार र नवलपरासीको धेरै स्थानमा भारी बर्षा मापन गरिएको भन्दै आरुणखोला, गिरुवारी खोला र नवलपरासीको साना नदी तटीय क्षेत्रमा एक्कासी बाढी आउन सक्ने भन्दै सर्व साधारणहरुलाई मोबाईल मार्फत सन्देश पठाएर सूचित गरेको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, साउन ०४, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.