गोरखा समाचारदाता
काठमाण्डौं – नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।
आज सप्तरीको राजविराज नगरपालिकाका वडा नम्बर ६ का ७२ वर्षीय वृद्धको ज्यान गए संगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको हो ।
उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति ज्यान गएको हो ।
मधुमेहका विरामी समेत रहेका मृत्तक ब्यक्तिको कोराना संक्रमणको पुष्टि पश्चात बिहीबार दिउँसो अस्पताल भर्ना गरिएको थियो ।




















