गोरखा समाचारदाता
पोखरा – गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
प्रदेशको विभिन्न जिल्लामा आज उत्त संख्यामा संक्रमण पुष्टी भएको हो । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १९२ पुगेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहान ११ बजे जारी गरेको विज्ञप्ती अनुसार तनहुँ, पर्वत, बागलुङ, नवलपुर, स्याङजा, गोरखा र लमजुङमा कोरोना संक्रमित भेटिएको हो ।
प्राप्त विवरण अनुसार तनहुँको ब्यास, शुक्लागण्डकी र भानुमा १/१ जना र ऋषिङमा ३ जना, पर्वतको फलेबास र महाशिलामा १/१ जना, बागलुङको जमैनी र ढोरपाटनमा १/१ जनामा कोरोना पुष्टी भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका संयोजक डा.बिनोद बिन्दु शर्माले बताए । त्यस्तै गरी नवलपुरको मध्यबिन्दु १ जनामा, स्याङजाको भिरकोटमा १ जना, गोरखाको सिरानचोकमा १ जना र लमजुङको मध्यनेपाल र बेशीशहरमा १/१ जनामा कोरोना पुष्टी भएको हो ।
नवलपुरको मध्यविन्दुमा १ महिला र अन्य सबै जिल्लामा पुरुषहरुमा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
संक्रमित सबैलाई जिल्ला सदरमुकाममा रहेको आइसोलेशनमा लाने तयारी भई रहेको छ ।




