गोरखा समाचारदाता
गोरखा – गोरखा जिल्लामा आज १ जनामा कोरोना संक्रमण देखिएको छ ।
जिल्लाको सिरानचोक गाउँपालिकामा २३ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।
प्रदेश जनस्वास्थ्य निर्देशनालयले आज (आइतबार) ११ बजे जारी गरेको विज्ञप्ती अनुसार जिल्लाको सिरानचोक गाउँपालिकाका २३ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।
संक्रमित ब्यक्ति सिरानचोक गाउँपालिका ६ गाँखुका ब्यक्ति भएको गाउँपालिकाका कोरोना रोग अनुसन्धान तथा खोज पढताल जनस्वास्थ्य अधिकृत रामचन्द्र पाण्डे बताए । भारतबाट फर्किएका उत्त पुरुष पालिकाको आहाल भञ्ज्याङ मावि थालाजुङको क्वारिन्टीनमा असार २० गते बस्दै आएको थिए ।
संक्रमित ब्यक्तिलाई गोरखा सदरमुकाममा रहेको आइसोलेशन कक्षमा ल्याउने तयारी भई रहेको पालिकाले जनाएको छ ।




