गोरखा समाचारदाता
काठमाण्डौं – केही दिन देखी पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै अनसन बसेका युवाहरु संग सरकारले १२ बुँदे सहमति भएको छ । सहमतिसँगै उनीहरुले आजैबाट तोड्काछन् ।
सहमति पत्रमा अनसनकारीको तर्फबाट ई र पुकार बम तथा नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको तर्फबाट डा.रोशन पोखरेल र समिर कुमार अधिकारीले हस्ताक्षर गरेका छन् ।
सहमती अनुसार आरडीटी परीक्षण स्थगित गर्ने, पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र समाजमा पुनस्थापना गराउने, विदेशबाट आएकाहरुलाई क्वारेन्टिनमा राखेको ५ दिनपछि स्वास्थ्य परीक्षण गरी घर पठाउने जस्ता सहमती भएको छ ।
सहमतिमा पत्रमा कोरोनाविरुद्धको लडाइँमा भएको खर्च सम्बन्धी विवरण सार्वजनिकीकरणका लागि अर्थ मन्त्रालय, श्रमिकका सम्बन्धमा श्रम मन्त्रालय र अन्य विषयमा गृह मन्त्रालयलाई १ हप्ताभित्र लेखेर पठाउने, होम क्वारेन्टिनको निर्देशिका यसै हप्ता तयार पार्ने सहमतिमा उल्लेख गरिएको छ ।
राजधानीको पाटनको डबलीमा अनसन बसेका उनीहरुले क्वारेन्टिनलाई व्यवस्थित बनाउनु पर्ने, आरडीटी परीक्षण बन्द गर्ने लगायतका माग राख्दै आएका थिए । अनसनरत युवाहरु को स्वास्थ्य विग्रिँदै गएपछि अस्पताल समेत भर्ना गरिएको थियो । उनीहरुलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली केही दिन अगाडी अस्पतालमै पुगेका थिए । बिभिन्न राजनीतिक दलका नेताहरुले पनि भेटेर उनीहरुका मागमा ऐक्यबद्धता जनाएका थिए ।


