गोरखा समाचारदाता
जनकपुर – जनकपुर उपमहानगरपालिका २१ की ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
बालिका कञ्चन पन्जियारको बलात्कारपछि हत्या गर्ने भारत उत्तर प्रदेशका ३२ वर्षीय दिपु सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका भारतीय नागरिक सिंहलाई जनकपुर प्रहरीले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
उनले ११ वर्षीया बालिका कञ्चनको बलात्कारपछि हत्या गरेको प्रहरी समक्ष स्वीकार गरिसकेको बताइएको छ ।
आँप खुवाउने प्रलोभन दिएर उनले बालिकाको बलात्कार र हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
बालिकाको शव शुक्रबार हत्या गरेर फालिएको अवस्थामा फेला परेको थियो । उनी बुधबारदेखि बेपत्ता थिइन् ।




















