गोरखा समाचारदाता
काठमाण्डौं – कक्षा ११ को बोर्ड परीक्षा नहुने भएको छ ।
नोबल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रही रहेको भन्दै परिक्षा नलिने निर्णय भएको हो ।
यस वर्षको बोर्ड परीक्षा वैशाख २१ गतेबाट गर्ने तय भएको थियो । कोरोना भाइरसको महामारीका कारण परीक्षा हुन नसकेको भन्दै अब आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिइने निर्णय भएको छ ।
विद्यार्थीहरुको आन्तरिम मूल्यांकन कसरी गर्ने भनेर कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको छ । कार्यविधि अनुसार सम्बन्धित कलेजलहरुले विद्यार्थीहरुलाई अंक प्रदान गर्नेछन् ।




















