गोरखा समाचारदाता
ललितपुर – ललितपुरको एक अस्पतालमा उपचारको क्रममा कोरोना सङ्क्रमित एक पुरुषको ज्यान गएको छ ।
स्टार अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित २९ वर्षीय पुरुषको ज्यान गएको अस्पतालले पुृष्टी गरेको हो । यो संगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २९ पुगेको छ ।
निमोनिया भएर उपचारको लागि केही दिनअघि मात्रै अस्पताल भर्ना गरिएका उत्त पुरुषको घर रौतहट भएको अस्पतालले जनाएको छ ।
उपचारकै क्रममा ती परुष पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।


