गोरखा समाचारदाता
काठमाण्डौं – भारतको बिहारबाट नेपालको बारा र सर्लाहीमा सलह किरा प्रवेश गरेको छ ।
बारा र सर्लाही जिल्लामा आज (सनिबार) विहान सलहको एक झुण्ड देखिएको कृषि मन्त्रालयले जानकारी पुष्टी गरेको हो ।
बाराको निजगढ नजिकै र सर्लाहीको नवलपुरमा सलह देखिएको मन्त्रालयले जनाएको छ ।
बाराको निजगढ नगरपालिका १३ मा सलह किराको झुण्ड देखिएको कृषि ज्ञान केन्द्र बारााका प्रमुख जितेन्द्र यादवले बताए । उनले फेसवुकमा सलहको तस्वीरसार्वजनिक गरेका छन् ।
सलह नेपाल प्रवेश गरेसँगै यसले पुर्याउने क्षतिका र नियन्त्रणका उपायका विषयमा कृषि मन्त्रालयले आवश्यक तयारी थालेको छ । कृषि विज्ञहरुको टोलीले कति संख्यामा सलह भित्रिएको हो । त्यसले कति क्षति गर्न सक्छ भनेर अध्ययन थालिसकेको कृषि मन्त्रालयले जनाएको छ ।
अफ्रिकाबाट पाकिस्तान प्रवेश गरेको सलह भारत हुँदै नेपाल आई पुगको हो ।
ठुलो समूहमा हुने यो सलह किराले दैनिक १५० किलोमिटरसम्मको दुरी पार गर्न सक्ने र त्यस वरपरको बालीलाई नष्ट गर्न सक्ने कृषी बिज्ञहरुले बताए ।
सलह औसतमा एउटा बथानले २५ हजारभन्दा बढी मानिसलाई खान पुग्ने खाना एक दिनमा खान सक्ने विज्ञहरु बुझाई छ । सलहले गहुँ, तोरी, कपास, मकै लगायत खाधान्न बालीमा क्षति क्षति पुर्याउने गरेको छ ।


