गोरखा समाचारदाता
काठमाण्डौं – भारतमा एकै दिनमा १५ हजार भन्दा बढीमा कोरोना संक्रमण भएको छ । यो भारतीमा भएको अहिले सम्मकै बढी संक्रमित हुने को संख्या हो ।
केन्द्रीय स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक यो सँगै भारतभरि कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिको सङ्ख्या ४ लाख माथी पगुेको छ। आज मात्रै भारतमा १५ हजार ४१३ जनामा संक्रमण पुष्टी भएको हो ।
अमेरिकास्थित जोन्स हप्किन्सले सङ्कलन गरेको कोरोनाभाइरसको विश्वव्यापी तथ्याङ्कले भारत विश्वमा नै चौथो स्थानमा परेको छ। कोरोना भाइरसका कारण अमेरिका, ब्राजिल र रुसपछि भारत भन्दा अगाडी छ ।
भारतीय सरकारले कोरोना भाइरस नियन्त्रण गर्ने उद्देश्यले लकडाउन केही खुकुलो बनाए संगै संक्रमितको संख्या पनि बढ्ने क्रम जारी रहेको छ।
लकडाउन खुकुलो पारिँदा सङ्क्रमण नियन्त्रण गर्न गाह्रो हुने आशङ्का विज्ञहरूको छ।
भारतमा सङ्क्रमण अझै उत्कर्षमा पुग्न बाँकी भएको बताइन्छ। भातरमा अहिले सम्म १३ हजार २५४ जनाले कोरोनाका कारण ज्यान गुमाई सकेको छ।
भारतमा सङ्क्रमितको सख्या ४ लाख १० हजार ४६१ पुगेको छ । तीमध्ये २ लाखभन्दा बढी व्यक्ति सफल उपचार पछि घर फर्किसकेका छन्।




















