गोरखा समाचारदाता
डोटी – डोटीको आदर्श गाउँपालिकाकी एक महिलाले धारामा करेन्ट लाग्दा ज्यान गुमाएकी छिन् ।
स्थानियले कोरोना संक्रमित ब्यत्ती धारामा पानी भर्न र नुहाउन आउने गरेको भन्दै करेन्ट छाड्दा तुलसी थापा बाघको ज्यान गएको हो ।
नुहाउन गएकी तुलसीलाई धारा खोल्ने क्रममा करेन्ट लाग्दा घटना स्थलमा नै उनको ज्यान गएको ईलाका प्रहरी कार्यालय किमाडीले जनाएको छ ।
गाउँमा केही साता अघि भारतबाट फर्किएका स्थानियले पानी भर्न र नुहाउन आएको भन्दै स्थानिय सुज किमाडीले पानीको टंकीमा बिद्युतको तार हालिदिएका थिए । उनलाई ईलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको र पानी टंकीमा बिद्युतको तार हालेको स्विकार गरेको प्रहरीले जनाएको छ ।
आरोपित किमाडीले धारामा घरबाट बिजुलीको तार र ग्याबिन जालीको तार जोडेर करेन्ट प्रवाह गरेका थिए । मृतक महिला बाल बिकासमा सहयोगी कार्यकर्ता भएको खुल्न आएको छ ।
मृत्तक महिलाको शब अहिले जिल्ला अस्पताल डोटीमा राखिएको छ ।




















